Vaccine प्रश्नोत्तर (Q&A) नेपालीमा

१. Vaccine किन लगाउने? • व्यक्तिगत लाभ- हाम्रो शरीरको रोग प्रतिरोधात्मक शक्ति अर्थात immunity power विभिन्न अङ्ग, कोषिका, रसायन आदिमा भर पर्छ। सहज भाषामा भन्नुपर्दा, हाम्रो शरीरलाई रोगबाट बचाउने आर्मी हाम्रो रगतमा हुन्छ। भ्याक्सिनमा कीटाणु स्वयं नभएर त्यसको प्रतिलिपि अथवा dummy जस्तै केही हुन्छ भनेर बुझौं। जब vaccine लगाइन्छ तब हाम्रो शरीरको आर्मीले कहिल्यै नदेखेको कुनै विशेष रोगको कीटाणुलाई पहिलोपटक देख्छ। देखेपछि त्यस रोगको निवारणका लागि आफूलाई ट्रेन गर्छ र बिस्तारै त्यो कीटाणुलाई मार्ने शक्ति विकाश गर्छ। अब भने त्यस रोगको साँच्चैको जीवाणु सँग कुनैदिन हाम्रो जम्का भेट भए हाम्रो शरीरको आर्मीले सहजै चिनेर अझ द्रुत गतिमा रोग निको पार्न सक्छ। • सामाजिक लाभ- यदि कुनै समाजमा ७०-८०% जति जनसंख्याले भ्याक्सिन लगाएमा बाँकी रहेका कारणवश भ्याक्सिन लगाउन नपाउने अथवा लगाउन नहुनेहरुले पनि रोग बाट सुरक्षा पाउँछन्। यसलाई मेडिकल भाषामा हर्ड इम्युनिटी (herd immunity) भनिन्छ। जब देशभरी भ्याक्सिन लगाउनेको प्रतिशत त्यति पुग्छ अनि मात्र हामी पहिलेजस्तै हिँडडुल गर्न सक्छौं सामान्य दिनचर्या सुरु ग...